सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पलेशा र प्रिन्ससहित १३ खेलाडीलाई राखेपको प्रोत्साहन पुरस्कार

पलेशा र प्रिन्ससहित १३ खेलाडीलाई राखेपको प्रोत्साहन पुरस्कार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्‍न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्‍न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको छ।

पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबर्द्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ लाख ५० हजार नगद पुरस्कार पाए। टोकियो पारा ओलम्पिकमा २ ‘बाउट’ जितेर इतिहास रचेकी पलेशाले एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी   थिइन्। हाल विश्व जुनियर वरीयताको सातौं स्थानमा रहेका प्रिन्स केहि महिनाअघि शीर्ष वरीयतामा थिए।

बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सिर्जना घिसिङले १–१ लाख नगद पाए। बक्सिङका तीनैले युएइमा भएको एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जितेका थिए। सिर्जनाले इरानमा भएको वल्र्ड प्रेसिडेन्ट कप च्याम्पियनसिपमा नेपाललाई रजत दिलाएकी थिइन्।

एथलेटिक्सकी राजपुरा पछाईं र पुष्पा भणडारी, ट्रायथलनका सोनी गुरुङ र बसन्त थारु, पारा तेक्वान्दोका रञ्जना धामी र विशाल गर्बुजा तथा भलिबलकी अरुणा शाहीले ५०–५० हजार नगद पुरस्कार पाए। राजपुराले भारतमा भएको दक्षिण एसियाली क्रस कन्ट्री तथा पुष्पाले ढाका मयाराथनमा रजत जितेका थिए। पोखरामा भएको नवौं दक्षिण एसियाली ट्रायथलनमा सोनी र बसन्तले कांस्य हासिल गरेका थिए। रञ्जनाले एसियाली खेलकुदको छनोट तथा विशालले युथ एसियन गेम्सको छनोटमा कांस्य हात पारेका थिए। एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपालले स्वर्ण जित्दा अरुणा टोलीकी कप्तान हुन्।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, कार्यक्रम संयोजक एवं राखेपकी सदस्य चन्द्र बदना राईले एक कार्यक्रमबीच पुरस्कृत गरे।

kumari

प्रकाशित: Jul 11, 2022| 20:02 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।