सोमबार, जेठ ४, २०८३

महावीर पुन गण्डकी रत्नबाट सम्मानित

गण्डकी प्रदेशले अध्ययन, अनुसन्धानलाई अगाडि बढाउन आगामी आर्थिक वर्षका लागि १० करोड बजेट छुट्याएको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

पोखरा– गण्डकी प्रदेश सरकारले अध्ययन, अनुसन्धानका अभियन्ता महावीर पुनलाई गण्डकी रत्नबाट विभूषित गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन्।

National life

गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरिएको थियो। त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान दिइएको हो। 

कार्यक्रममा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धान क्षेत्रमा पुनले महत्त्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै प्रशंसा गरे। शिक्षण पेसामा आबद्ध हुँदा २०२८ तिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको जानकारी दिए।मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षका लागि गण्डकी सरकारले १० करोड विनियोजन गरेको बताए। उनले भने, ‘समृद्धिका लागि अनुसन्धानको महत्त्व कति छ भन्ने कुरामा प्रदेश सरकार सहमत छ। छिट्टै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिनेछ।’ 

कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको भनाइ राखे। उक्त अवसरमा आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेशभित्र जन्मिएर यहाँकै श्रीवृद्धिको लागि योगदान गरेकाबाट नाम छनोट गरिएको बताए।

छनोट समितिले ३ जनालाई छान्न सक्ने कार्यविधि भए पनि पहिलो पटक भएकाले एक जनालाई मात्र छनोट गरिएको जानकारी उनले दिए। गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्थामन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो। शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासनलगायत क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिमध्येबाट सम्मान गर्ने गरी कार्यविधि बनाइएको छ। 

विभूषण ग्रहणपछि पुनले आफू अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुक समृद्ध भएको उदाहरण पेस गरे। उनले भने, ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो। युवाहरू रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ। अनुसन्धान र विकासका लागि अब ढिला गर्नुहुँदैन।’ 

अनुसन्धान आफैंमा कठिन काम भएको भन्दै उनले १०० वटा अनुसन्धानमध्ये १०/१५ वटा मात्र सफल हुने भएकाले शतप्रतिशत नतिजा आउन नसक्ने भनाइ राखे।गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत आविष्कार केन्द्र खोलेकामा उत्साही भएको उनले बताए।

विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगीमा २०११ मा जन्मेका हुन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले वायोमेडिकल, कृषि, शिक्षा, ड्रोनलगायत क्षेत्रमा कार्य गर्दै आएका छन्। पुन रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व हुन्।

प्रकाशित: Jul 11, 2022| 16:29 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।