सोमबार, असोज २६, २०८३

'कमेडी हब'मा गरेको व्यंग्यले कलेजको जागिरबाटै निकालिए

केदार घिमिरे ‘माग्ने बूढा’को निर्देशनमा प्रसारण भइरहेको टेलिभिजन शो ‘कमेडी हब’मा जोडिएकै कारण बागमती कलेजमा अध्ययन गराउँदै आएका शिक्षक प्रसाईंलाई जागिरबाटै निकालियो।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– कमेडी हबका हाँस्य कलाकार दीेपेन्द्र प्रसाईं पेसाले शिक्षक हुन्। अभिनयसँगै उनी सुकेधारास्थित बागमती कलेजमा विगत ५ वर्षदेखि पढाउँदै आएका छन्। पछिल्लो समय केदार घिमिरे ‘माग्ने बूढा’को निर्देशनमा प्रसारण भइरहेको टेलिभिजन शो ‘कमेडी हब’मा पनि जोडिएका थिए। 

उनै कलाकारले जेठ ११ गते ‘कमेडी हब’को पहिलो भागमा यमराजको भूमिकामा अभिनय गरेकै कारण जागिरबाट हात धुनुपरेको छ। पहिलो शोमा यमराजको भूमिका निर्वाह गरेका उनले यसको स्क्रिप्ट आफैंले लेखेका थिए। पहिलो भागमा कलेज र बोर्डिङ स्कुलमा हुने विकृति, विसंगतिमाथि व्यंग्य गरिएको थियो।  

उक्त एपिसोडमा यमराजले मालिकलाई उठाएर लैजान्छ। शुल्क बढी लियो भनेर एपिसोडको अन्त्यमा यमराजले कलेज मालिकलाई उठाएर लगेको देखाइएको छ। प्रसाईंका अनुसार शोमा देशका निजी कलेज र स्कुलको समग्र अवस्थालाई चित्रण गरिएको हो। यसलाई ठूलो मुद्दा बनाउनुपर्ने कुनै कारण थिएन।

शिक्षक भएर आफूले गरेको पेसामाथि इमानदार नभएको बात लगाएर कलेजले आफूलाई निष्कासन गरेको प्रसाईंले गुनासो गरे। १४ वर्षदेखि शिक्षण पेसामा गर्दै आएका प्रसाईं सानैदेखि कलाकारिता क्षेत्रमा लागेका थिए। संघर्षका क्रममा प्रसार्इंले सन्दीप क्षेत्रीको  ‘ह्वाट द फ्लप’ कार्यक्रम गरेका थिए। हाँस्यकलाकार राजेन्द्र राजेन्द्रसँग पनि ‘कमेडी क्लब’मा काम गरेका छन्। 

कलाकारिताबाट समाजको विकृति, विसंगतिविरुद्ध बोलेको भन्दै कलेजबाट निकालिएपछि आफ्नो आत्मसम्मानमा ठेस पुग्यो भन्दै उनी मिडियामा आएका हुन्। 

उक्त कलेजका प्रिन्सिपलले भने कलेजका विरुद्ध व्यंग्य नदेखाएको भए राम्रो हुन्थ्यो,  जे गर्नुभयो, ठीक गर्नुभएन भनेर धम्कीपूर्ण भाषामा कलेजबाट निकालिएको बताएका छन्। पीडित प्रसाईंले भने, ‘ममाथि अन्याय भयो। मैले समग्र देशको अवस्थालाई प्रस्तुत गरेको थिएँ।’

प्रकाशित: Jul 11, 2022| 14:13 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।