सोमबार, जेठ ४, २०८३

चाँगुनारायण–६ का वडाध्यक्षको कार्यालय सडकमै

भक्तपुरको चाँगुनारायण नगरपलिका–६ का वडाध्यक्षले सडकमै आफ्नो कार्यालय राखेका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

National life

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपलिका–६ का वडाध्यक्षले सडकमै आफ्नो कार्यालय राखेका छन्। भक्तपुर–नगरकोट सडक खण्ड राम्रो नबन्दासम्म सडकबाटै कार्यालय चलाउने भन्दै उनले बीच सडकमा कुसी–टेबुल राखेका हुन्।

भक्तपुरबाट नगरकोट पुग्ने बाटो बनाउन २ वर्षको समय दिए पनि ९ वर्षसम्म बाटो नबनेपछि वडाध्यक्ष धनबहादुर लामाले सडकमै धर्ना दिएका हुन्। नेपाल सरकारको अकर्मण्यता र ठेकेदारको लापरवाहीले २ वर्षमा बन्नुपर्ने सडक ९ वर्षमा पनि बन्न नसकेपछि बाध्य भएर विरोधस्वरुप सडकमै कार्यालय चलाएको लामाले बताएका  छन्।

वडाध्यक्ष लामा भक्तपुर–नगरकोट सडक खण्डको लामा चौरमा आफ्नो कुर्सी–टेबुल लिएर बसेका छन्। सडक खण्ड बन्ने निश्चित नभएसम्म सडकबाटै वडा कार्यालय चलाएर विरोध गर्ने लामाले बताए। यसअघि भक्तपुर–नगरकोट सडक खण्ड  नबनेपछि गाडी चालकहरुले ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो गाडीमा टाँसेर विरोध गरेका थिए।

प्रकाशित: Jul 11, 2022| 12:57 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।