सोमबार, वैशाख ८, २०८२

सुदूरपश्चिममा बजेटमाथिको छलफल अझै अनिश्‍चित

सुदूरपश्चिम प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन सञ्चालन गराउने बारेमा सहमति जुट्न नसकेपछि आज बोलाइएको प्रदेशसभाको बैठक पनि स्थगन गरिएको छ।
 |  सोमबार, असार २७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

vianetvianet

धनगढी- सुदूरपश्चिम प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन सञ्चालन गराउने बारेमा सहमति जुट्न नसकेपछि आज बोलाइएको प्रदेशसभाको बैठक पनि स्थगन गरिएको छ। 

triton college

आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा प्रस्तुत भएको प्रदेश सरकारको बजेट कार्यक्रममा  सत्तापक्ष नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसकै सदस्यको असन्तुष्टिपछि पटक पटक बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगन हुँदै आएको छ।

प्रदेशसभा सदस्य देवराज पाठकले आजको कार्यव्यवस्था समितिको बैठकमा पनि सहमति जुट्न नसक्दा आजै बस्‍ने भनिएको प्रदेशसभाको बैठक पनि स्थगन गरिएको बताए।

सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)को केही दिनअघि बसेको संसदीय दलको बैठकमा बजेट कार्यक्रमका पक्षमा उभिन सदस्यहरुलाई निर्देशन(ह्विप) दिइएको थियो। सहमति जुट्न नसक्दा यही असार १ गते सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममाथि सदनमा अझै छलफल हुन सकेको छैन। असार मसान्तभित्र बजेट कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको, योजनाको बाँडफाँट असमान ढङ्गले भएको जस्ता गुनासोहरु सदस्यले गरेका छन्।  

National life insurance

सामाजिक विकासमन्त्रीलाई समेत जानकारी नदिई उक्त मन्त्रालयगत शीर्षकमा एउटै नगर क्षेत्रका मठमन्दिरका नाममा ठूलो बजेट रकम विनियोजन गरिएको गुनासो प्रदेशसभा सदस्यहरुको छ। 

असन्तुष्टिका बारेमा सरकारसँग बसेर छलफल नगरेसम्म र बजेट कार्यक्रमलाई परिष्कृत नगरिएसम्म यथास्थितिमै प्रदेशसभामा छलफल अघि बढ्न नसकिने अडानमा असन्तुष्ट सदस्यहरु रहेका छन्।

प्रकाशित: Jul 11, 2022| 00:15 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।