शुक्रबार, मंसिर १२, २०८२

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

National life
Laxmi sunrise bank
kumari

पोखरा- पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ। कभर्डहलको उत्तर पूर्वको भागमा आइतबार दिउँसो ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए।

उनका अनुसार आगलागीपछि कभर्डहलभित्र सञ्चालन भइरहेको ‘सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिता’को फाइनल खेल एक घण्टा स्थगन भएको थियो।

प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि रोकिएको खेलपछि पुनः सञ्चालनमा ल्याइएको हो। समयमै नियन्त्रणमा लिइएका कारण आगलागीबाट ठूलो क्षति नभएको बताइएको छ। क्षतिको विवरण आउन बाँकी छ।

प्रकाशित: Jul 10, 2022| 21:35 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।