शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

फितलो तयारीमै 'लिग-२' को यात्रामा नेपाल

सिरिजका लागि नेपाली टोली तीन दिनअघि नै स्कटल्यान्ड पुगिसकेको छ। सिरिजको तयारीका लागि नेपाली टोली क्यानडा पनि गएको थियो।
 |  आइतबार, असार २६, २०७९
nespernesper

शिशिर बस्नेत

शिशिर बस्नेत

आइतबार, असार २६, २०७९

काठमाडौं- स्कटल्यान्डमा त्रिकोणात्मक सिरिज आज आइतबारबाट सुरु हुँदैछ। आईसिसि विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड, नामिबिया र नेपालले यो  सिरिज खेल्ने छन्। पहिलो खेलमा आज नामिबिया र स्कटल्यान्ड भिड्दै छन्। नेपालले भोलि अर्थात जुलाई ११ मा नामिविया विरुद्ध सिरिजको पहिलो खेल खेल्ने छ। 

himalayan bank box

डबल राउन्ड रोबिन लिगको आधारमा हुने सिरिजमा नेपालले नामिविया विरुद्ध जुलाई १६ मा दोस्रो खेल खेल्ने छ। त्यस्तै स्कटल्यान्ड विरुद्ध जुलाई १३ मा पहिलो र १७ मा दोस्रो खेल खेल्ने तालिका रहेको छ।

यो सिरिजका लागि नेपाली टोली तीन दिनअघि नै स्कटल्यान्ड पुगिसकेको छ। सिरिजको तयारीका लागि नेपाली टोली क्यानडा गएको थियो। त्यहीँबाट नेपाली टोली स्कटल्यान्ड गएको हो। क्यानडामा नेपालले चार वटा अभ्यास खेल खेल्ने तालिका थियो। जसमध्ये एक खेल वर्षाले प्रभावित भएपछि तीन खेल मात्रै खेलेर क्यानडा भ्रमण टुंग्यायो।

एसोसिएट क्रिकेटमा स्कटल्यान्ड बलियो टोली हो। त्यस्तै लिग-२ मा नेपालभन्दा तल रहे पनि पछिल्लो समय नामिबिया राम्रो लयमा छ। स्कटल्यान्ड तालिकामा राम्रो प्रदर्शनसँगै दोस्रो स्थानमा छ। त्यसमाथि उसको घरेलु मैदानले गर्दा स्कटल्यान्डलाई धेरै सहज पनि हुने छ। दुवै टोली नेपालका लागि कठिन प्रतिस्पर्धि हुन्। तर तिनै बलिया प्रतिद्वन्द्वीविरुद्ध खेल्न स्कटल्यान्ड पुगेको नेपालले भने राम्रो तयारी गर्न पाएन। क्यानडामा नेपालले तीन खेल खेल्यो, ती मध्येका दुई खेल त क्यानडाको स्थानीय क्लब विरुद्ध खेलेको थियो।

क्यानडाको स्थानीय क्लबविरुद्ध राम्रो प्रदर्शन गर्दै नेपालले दुवै खेल जित्यो। स्थानीय क्लबविरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन त गरे तर क्यानडा विरुद्धको खेलमा नेपाली टोलीले उक्त लयलाई निरन्तरता दिन सकेन। क्यानडासँगको पहिलो खेल वर्षाले अवरुद्ध भयो। त्यपछि दोस्रो खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले घरेलु टोलीबाट १८८ रनको मध्यम लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा आएको नेपालले फेरि एकपल्ट खराब लय लियो। मध्यम लक्ष्य पछ्याउने क्रममा नेपाल क्रिजमा पूरा ओभर पनि टिक्न सकेन र ३९.२ ओभरमै १०५ रनमै समेटियो। देव खनालले बनाएको २६ रन नै नेपालका लागी सर्वाधिक रन बन्यो। ८३ रनले पराजित हुँदै क्यानडासँगको सिरिज नेपालले १-० ले गुमायो।

Metro Mart
vianet

 लिग-२ मा बलिया टोलीविरुद्ध खेल्न लागेको नेपाली टोलीले राम्रो अभ्यास खेल खेल्न नपाएको भन्दै धेरैले असन्तुष्टि पनि व्यक्त गरेका छन्। लामो यात्रा गरेर क्यानडा पुगेर अभ्यास खेल खेल्नु नेपालका लागि उपयुक्त पनि थिएन। राम्रो अभ्यास गर्न नपाउनु, उपयुक्त वातावरणमा पनि खेल्न नपाउनु जस्ता धेरै कारणले नेपालले बलिया टोलीविरुद्ध खेल्नका लागि राम्रो तयारी नपुगेको भन्दै धेरै समर्थकहरुले आलोचना समेत गरे।

नेपाली टोली क्यानडा भ्रमण जानुअघि विश्व क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजका लागि अमेरिका भ्रमणमा गएको थियो। त्रिदेशीय सिरिजमा नेपालले अमेरिका र ओमानसँग खेलेको थियो। त्यहाँ नेपालले एक खेलमा बराबरी र जित निकाल्यो भने बाँकी दुई खेलमा पराजित हुन पुग्यो।

यसअघि नै लिग -२ मा राम्रो प्रदर्शन गर्न नसकेको नेपाल सात टोली सम्मिलित टोलीको पाँचौं स्थानमा रहेको छ। त्यसैले पनि नेपाललाई लीग -२ को शिर्ष तीनमा रहनका लागि पर्याप्त अभ्यास खेल तथा तयारीको आवश्यकता थियो। तर सदाझैं नेपालले यसपटक पनि राम्रो अभ्यास गर्न पाएन। यसैबीच क्यानडा भ्रमणमा गएपछि नेपालका कप्तान सन्दीप लामिछानेले एउटा ट्विट गरेका थिए। उनले लेखेका थिए, 'आफूलाई समर्थन नभए पनि एक्लै युद्ध लड्नेछु।' त्यसो त उनले कुन विषयलाई लक्षित गर्दै यो ट्विट गरेका हुन् भन्ने त स्पष्ट छैन। तर पनि उनले गरेको यो ट्विटले कुनै न कुनै विषयका बारेमा बोलेका हुन् भन्ने अनुमान गर्न सकिन्छ।

नेपाललाई स्कटल्यान्डमा हुने सिरिजमा तालिकामा अगाडि बढ्ने मौका पनि छ। नेपालले आफ्नो चारै खेल जित्न सके तालिकाको चौथो स्थानमा रहेको अमेरिकालाई भेट्ने मौका पनि छ। जसले गर्दा नेपाललाई जित्नैपर्ने दबाब छ। यदि नेपाल पराजित भएको खण्डमा छैटौं स्थानको नामिवियाले तालिकामा पछाडि पार्न सक्छ र नेपालका लागि लिग-२ कठिन हुन सक्छ।

नेपालले लिग-२ मा अझै २० खेल खेल्न बाँकी छ। अहिलेको तालिकामा नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौं स्थानमा छ। जसक्रममा नेपालले सात खेलमा जित, एक खेलमा बराबरी र आठ खेलमा हार व्यहोरेको छ। तालिकाको शीर्ष स्थानमा रहेको ओमानले सबै खेल खेलिसकेको छ र उसको ३६ खेलबाट ४४ अंक रहेको छ। त्यस्तै दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक, तेस्रो स्थानको युएइको २२ खेलबाट २६ अंक, चौथो स्थानको अमेरिकाको २४ खेलबाट २३ अंक, छैटौं स्थानको नामिवियाको १४ खेलबाट १४ अंक र पुच्छरमा  रहेको पपुवा न्युगिनीको २० खेलबाट २ अंक रहेको छ।

नेपाली टिम

कप्तान सन्दीप लामिछाने, उपकप्तान रोहित पौडेल, आसिफ शेख,  कुशल भुर्तेल, देव खनाल,  दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी,  सोमपाल कामी, आदिल अन्सारी,  बसिर अहमद , किशोर महतो,  पवन सर्राफ र विनोद भण्डारी
























प्रकाशित: Jul 10, 2022| 18:50 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।