शुक्रबार, भदौ ५, २०८३

यस्तो छ, स्थानीय तह बलियो बनाउने साझा न्यूनतम कार्यक्रम [पूर्णपाठ]

सत्तारुढ गठबन्धन दलले ‘सरकारको साझा नीति तथा कार्यक्रम’ सार्वजनिक गरेको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– सत्तारुढ गठबन्धन दलले ‘सरकारको साझा नीति तथा कार्यक्रम’ सार्वजनिक गरेको छ। उक्त कार्यक्रम बनाउन गठित कार्यदलका संयोजक पूर्णबहादृुर खड्काले आइतबार यो दस्तावेज सार्वजनिक गरेका हुन्।

कार्यक्रममा कोभिड–१९ को महामारीले निम्त्याएको मानवीय सङ्कट सम्बोधनलाई उच्च प्राथमिकतामा राखिएको छ। १५ पृष्ठको उक्त दस्तावेजको प्रस्तावनामा सबल र समृद्ध नेपालको निर्माण गर्ने सङ्कल्प गर्ने क्रममा प्रतिनिधिसभा विघटन र त्यसपछि भएका आन्दोलनको चर्चा गरिएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल तथा सरकारलाई समर्थन गर्ने दलहरूको सहमतिमा दस्तावेज तयार भएको हो।

सत्ता गठबन्धनका दलहरूले देउवा सरकारका लागि कोभिड(१९ को विपद्, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक सामाजिक रूपान्तरण सहितका १० वटा क्षेत्रमा नीति र कार्यक्रमहरू तय गरेका छन्। त्यसमा चैत महिनासम्म खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्नेदेखि सम्भावित तेस्रो लहरलाई ध्यान दिँदै पूर्वतयारीमा जोड दिइने भनिएको छ। 

विगतमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रले गरेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्तावबारे भने उक्त दस्तावेजमा केही उल्लेख छैन।


प्रकाशित: Aug 08, 2021| 17:23 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...