बिहीबार, पुस ३, २०८२

बूढीगंगा नगरपालिकामा मेयर–उपमेयर दुवै एमालेले जित्यो

बाजुराको बूढीगंगा नगरपालिकामा मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ। आज सम्पन्न मतगणनाअनुसार मेयरमा रणबहादुर बानियाँ ४ हजार ७ सय ७७ मतसहित विजयी भएका छन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं– बाजुराको बूढीगंगा नगरपालिकामा मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ। आज सम्पन्न मतगणनाअनुसार मेयरमा रणबहादुर बानियाँ ४ हजार ७ सय ७७ मतसहित विजयी भएका छन्।

National life

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रंगबहादुर खाती ३ हजार ७ सय ७४ मत ल्याएर पराजित भएका छन्। बानियाँले खातीलाई १ हजार ३ मतको फराकिलो अन्तरले हराएका हुन्।

त्यसैगरी, बूढीगंगाको उपमेयरमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का ४ हजार ७ सय २७ मतसहित विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीताकुमारी शाहीले ३ हजार ७ सय ५५ मत ल्याइन्। 

१० वटा वडा रहेको बूढीगंगामा एमालेले सातवटा वडामा प्यानलसहित जित दर्ता गराउँदा कांग्रेसले तीनवटा वडामा जित निकालेको छ। 

गत वैशाख ३० गते भएको निर्वाचनमा विवाद भएपछि सबै निर्वाचन प्रक्रिया रद्द गरी बूढीगंगामा पुनः निर्वाचन गरिएको हो। कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुनुका साथै बुथ कब्जाको आरोप–प्रत्यारोप भएपछि त्यहाँ फेरि निर्वाचन गरिएको हो। 

Laxmi sunrise bank
kumari

असार २३ गते पनि केही मतदान केन्द्रमा विवाद भएको थियो। प्रहरीले हवाई फायर गरेर अवस्था नियन्त्रणमा लिने प्रयास गर्नुपरेको थियो। पछि फेरि शान्तिपूर्वक मतदान सकिएको थियो।

प्रकाशित: Jul 10, 2022| 12:08 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।