शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कास्कीको क्यादुखोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कास्कीको क्यादुखोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कास्कीको मादी गाउँपालिका–१ स्थित क्यादुखोला थुनिएको छ। साँझ ५ः०० बजेपछि पहिराका कारण नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

कास्की- कास्कीको मादी गाउँपालिका–१ स्थित क्यादुखोला थुनिएको छ। साँझ ५ः०० बजेपछि पहिराका कारण नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

National life

मादीस्थित हुगुगोठ छेउको क्यादुखोला थुनिएको खबर प्राप्त भएको र जुनसुकै बेला बाढी आउन सक्ने भएकाले तल्लो भाग र मादी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय जनतालाई सतर्कतासाथ सुरक्षित स्थानमा बस्न आग्रह गरिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए। उनका अनुसार हुगुका पर्यटन व्यवसायी एकजङ्ग गुरुङले क्यादुखोला थुनिएको सूचना गाउँमा दिएका हुन्। 

'नदी थुनिएको खबर माथिबाट प्राप्त भएपछि नदी आसपासको मानव बसोबास भएको क्षेत्र र हाइड्रोपावरहरूमा सतर्कता अपनाउन आग्रह गरेका छौँ। एक घण्टाजति थुनिएको नदी अहिले विस्तारै थोरै मात्रामा बग्न थालेको जानकारी प्राप्त भएको छ। माथि हुगुमै रहेकालाई सुरक्षित स्थानमा छन्, यसका बारेमा स्थानीय प्रशासन, प्रहरी र गाउँपालिकालाई सूचना दिएका छौँ,' उनले भने। 

क्यादुखोला मादी नदीमा मिसिने खोला हो। मादी नदीमा अहिले धमिलो पानी बग्न थालेको बताइएको छ। अविरल वर्षाका कारण नदीको मुहानमा पहिरो खसेर नदी थुनिएको हुनसक्ने अनुमान गरिएको छ। गत वर्ष बर्खायाममा मादी नदी र यसका सहायक नदीहरूमा आएको बाढीले जलविद्युत् आयोजनाहरू बगाएको थियो।

प्रकाशित: Jul 09, 2022| 21:22 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।