काठमाडौं- काठमाडौं उपत्यकमा २७ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार दिएको जानकारी अनुसार २७ जनामा हैजा पुष्टि भएको हो।
काठमाडौंमा सुरुमा असार २ गते बागबजारका एकै परिवारका दुई जनामा हैजा पुष्टि भएको थियो। त्यसको भोलिपल्टै ललितपुरको सानेपामा हैजा भेटिएको थियो। असार ५ गते डिल्लीबजारमा पनि हैजा भेटिएको थियो। असार ६ गते बुढानिलकण्ठ-१० कपनमा र असार ७ गते काठमाडौं-१६ बोराटारमा हैजाका बिरामी भेटिएका थिए।
अहिले तीन जना अस्पतालमा उपचाररत छन्। दुई जना भने पाँच वर्षमुनिका बालबालिकामा हैजा देखिएको हो।