शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा कार्की सर्वसम्मत

गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा कार्की सर्वसम्मत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले गणेश कार्कीको नेतृत्वमा कार्यसमिति चयन गरेको छ। एक वर्षअघि स्थापना भएको संघको पहिलो साधारण सभाले ३५ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरेको हो।

गणेश कार्की यसअघि पनि संघका अध्यक्ष थिए। उनको नेतृत्वका कार्यसमितिमा राम चन्द्र सुवेदी, बालकृष्ण असरपती र ऋषिकेश जंग शाह उपाध्यक्षमा सर्वसम्मत भएका छन्। यस्तै महासचिवमा प्रकाश चन्द सर्वसम्मत निर्वाचित भएका छन् भने सचिवमा प्रकाश राई र उमाशंकर घिमिरे तथा कोषाध्यक्षको जिम्मेवारी नरेन्द्र वलीलाई दिइएको छ।

आजै बसेको कार्यसमिति बैठकले मनोज घिमिरेलाई उपाध्यक्षमा, सचिवमा सुदनसिंह सिलवाल, रजनी थापा र विष्णु कँडेल तथा आठ जना सदस्य समेत मनोनयन गरेको छ।

४० जिल्लाका प्रतिनिधि तथा सदस्यहरुको उपस्थिती रहेको साधारण सभाको प्रदेश नम्बर सातका माननीय सांसद नारदमुनी रानाले उद्घाटन गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।