बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैद्यखानाका पूर्व कार्यालय प्रमुखले बरबुझारथ नगर्दा काममा समस्या

वैद्यखानाका पूर्व कार्यालय प्रमुखले बरबुझारथ नगर्दा काममा समस्या

सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वनिमित्त कार्यकारी निर्देशक डा. सबरी साहले नयाँ कार्यालय प्रमुखलाई बर बुझारथ नगर्दा कार्यालयको दैनिक कार्यसञ्चालनमा समस्या भएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वनिमित्त कार्यकारी निर्देशक डा. सबरी साहले नयाँ कार्यालय प्रमुखलाई बर बुझारथ नगर्दा कार्यालयको दैनिक कार्यसञ्चालनमा समस्या भएको छ।

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार असार १३ गतेदेखि समितिको निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादव नियुक्त भई कार्यालयमा गएर काम गर्दै आउएका छन्। यादवलाई साहले कार्यालयको बरबुझारथ नगर्दा काममा समस्या भएको हो। मन्त्रालयले हटाएपछि वैद्यखानाको कार्यालय प्रमुखका कक्षका टेबुल, दराजका साँचो भने साहले नै लगेका छन्।

'टेबलका घर्रा, दराज सबै बन्द छ, पूर्वकार्यालय प्रमुखले केही कुरा पनि बुझाउनुभएको छैन, धेरै मानिस विभिन्‍न पत्र खोज्दै आउनुहुन्छ, म आफैँले त्यस विषयमा बरबुझारथ गर्न नपाएकाले कार्यालय सञ्चालनमा केही समस्या भएको छ, चार महिनादेखि बन्द भएको उत्पादन सञ्चालन गरेको छु, चार महिनादेखि तलब नपाएका कर्मचारीलाई तलब खुवाएको छु,' नवनियुक्त निमित्त कार्यकारी निर्देशक यादवले भने।

तोकिएन सूचना अधिकारी

कार्यालयमा सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार सूचना अधिकारी नियुक्त नगर्दा पनि समस्या आएको छ। सूचना माग गर्दै नागरिकका निवेदन आउन थालेपनि सूचना अधिकारी नतोक्दा समस्या भएको हो। पूर्वकार्यालय प्रमुखले सूचना अधिकारी तोकेको नपाइएकाले केही दिनमै तोक्ने गरी तयारी गरिएको उनले बताए।

Shivam cement

सूचना अधिकारी नतोकिएका कारण सूचना माग गरेर आउने निवेदन कार्यालयमा दर्ता हुँदैन। यादव निमित्त कार्यालय प्रमुख भएर आएको केही दिनमै त्रिफला उत्पादन सुरु गरेको समितिले हाल षडबिन्दु तेल र गुग्गुल पनि उत्पादन गर्न थालेको छ। गुग्गुल करिब २५ वटा अन्य औषधि बनाउनसमेत उपयोग गर्ने गरिएको छ। अन्य उत्पादन पनि केही दिनमै सुरु गर्ने गरी तयारी भएको जनाइएको छ।

प्रकाशित: Jul 08, 2022| 20:20 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।