सोमबार, जेठ ४, २०८३

सल्यानमा १४ वर्षीया बालिका बलात्कृत, दुई जना पक्राउ

सल्यानमा १४ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन्। कुमाख उँपालिका-१ की १४ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी हुन्।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

दाङ- सल्यानमा १४ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन्। कुमाख उँपालिका-१ की १४ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी हुन्।

National life

उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले जाजरकोटका दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जारजरकोट भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेत रहेको छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका नायव उपरिक्षक सुमित खड्काले असार २२ गते बुधबार राती ११ बजेको बालिकामाथि दुई जनाले जबरजस्ती करणी गरेर फरार भएको उजुरिपछि पक्राउ गरिएको बताए।

बालिका आफ्नो घर नजिकै रहेको आफ्नो ठूलीआमाको घरमा सुत्न गएकी थिइन्। बालिका सुतेको अवस्थामा कोठामा गएर दुई जनाले जबरजस्ती करणी गरेका थिए ।

घटना लगतै बालिकाले हारगुहार गरेपछि परिवारले राति नै प्रहरीलाई खबर गरेको थियो।

घटनास्थल सल्यान र जाजरकोटको सिमनामा भएकाले ओरोपीत दुई जना भागेर जाजारकोट पुगेको र  जाजरकोटस्थित घरबाटै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 08, 2022| 14:51 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।