शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं– गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। जापानी सञ्चारमाध्यम एनएचकेले आबेको निधन भएको पुष्टि गरेको छ। 

National life

नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि आज बिहान गोली प्रहार भएको थियो। छातीमा गोली लागेका उनलाई तत्काल एम्बुलेन्समा हालेर अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गएका थिए।

नारा सहरमा पुनः हुन लागेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए आबे। आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

६७ वर्षका आबेले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए।

प्रकाशित: Jul 08, 2022| 14:46 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।