बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद र दुई लाख जरिवानाको फैसला

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद र दुई लाख जरिवानाको फैसला

राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई जिल्ला अदालत सुर्खेतले सात वर्षको कैद सजाय सुनाएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं– राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई जिल्ला अदालत सुर्खेतले सात वर्षको कैद सजाय सुनाएको छ। 

National life

कैदका साथै जनही दुई लाख रुपैयाँ जरिवाना तिराउन पनि अदालतले आदेश दिएको छ। त्यसैगरी दुर्व्यवहार भएको होटलका सञ्चालकलाई पनि साढे ३ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सात–सात वर्ष कैद र २–२ लाख रुपैयाँ जरिवाना तथा होटल सञ्चालक मनबहादुर पुनलाई साढे  ३ वर्ष कैद र  एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो।

आरोपितहरु सबै ०७८ असार १६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्। मनबहादुरले सञ्चालन गरेको सुर्खेत बोटेचौरस्थित शुभकामना होटलमा ०७८ जेठ २१ गते राति राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको थियो।

दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडियो सार्वजनिक भएको थियो। 

Shivam cement

प्रकाशित: Jul 08, 2022| 14:35 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।