मंगलबार, साउन १९, २०८३

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

पाल्पाको नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-१ नागार्जुन बस्दै आएका ५६ वर्षीय विष्णु प्रसाद गैरेलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उच्च अदालत पाटनले २०७९ जेठ २७ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै ७ लाख ४० हजार जरिवाना सुनाएको थियो। तर, उनी उक्त विगो रकम नतिरिकन फरार भएका थिए।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ।

प्रकाशित: Jul 08, 2022| 14:28 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।