मंगलबार, साउन १९, २०८३

चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई राहत वितरण

कैलालीमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

धनगढी- कैलालीमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ।

असार १४ गते चट्याङ लागेर मृत्यु भएका कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ रानामुरा गाउँ बस्ने ५६ वर्षीय सुखपंखीदेवी चौधरीको परिवारलाई नगद दुई लाख रूपैयाँ हस्तान्तरण गरिएको हो।

'विवद् पीडित उद्दार र राहत सम्बन्धि मापदण्ड २०७७' बमोजिम मृतकका श्रीमान‍् परनुराम डगौंरालाई नगद हस्तान्तरण गरिएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले मृतकको घरमा पुगेर नगद हस्तान्तरण गरेका हुन्।

कैलारी गाउँपालिकाका अध्यक्ष  राजसमझ चौधरी, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको सहभागीतामा राहत वितरण गरिएको हो।

प्रकाशित: Jul 08, 2022| 14:18 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।