बेल्जियम- बेल्जियम तथा चेल्सीका विंगर इडेन हाजार्डलाई चेल्सीका मुख्य प्रशिक्षक माउरिजिओ सारीले युरोपकै उत्कृष्ट खेलाडी भएको बताएका छन्। यदी उनले युरोपकै उत्कृष्ट खेलाडी बन्न चाहे उनी उत्कृष्ट खेलाडी बन्न सक्ने सारीले बताएका हुन्।
‘हामी अब युरोपको सबै भन्दा उत्कृष्ट खेलाडी मध्येबाट एकको बारेमा कुरा गर्दै छौ’, सारीले भने, ‘तर, मेरो सुझावमा उनी अझै आफुलाई सुधार गर्न र पहिलो खेलाडी बनाउन सक्छन्। यदी उनले आफ्नो दिमागमा निर्भर रहँदै उत्कृष्ट टेक्निक स्किल र उत्कृष्ट स्कोरमा ध्यान दिए।’
हाजार्ड चेल्सीमा छ बर्ष सम्म उत्तिकै फममा छन्। जो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्न सकिने छ। चेल्सीले शनिबार आर्सनलसँग खेल्दै यस सिजनको प्रिमियर लिगको शुरुवात गर्दै छ। जहाँ हाजार्डले विश्वकपमा गरेको मजबुत प्रदर्शन दोहर्याउने आसा गरिएको छ।
२७ बर्षीय हाजार्ड चेल्सीमा आफ्नो प्रिमियर लगको सातौं सिजनको शुरुवात गर्दै छन्। उनले दुई पटक प्रिमियर लिग जितेका छन्।
उनले रुस विश्वकपमा बेल्जियमलाई सेमिफाइनल सम्म पुर्याउन महत्वपुर्ण भुमिका खेलेका थिए। रुस विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान बनाएका उनले एक नयाँ चुनौतिका लागि तयार रहेको संकेत दिएका छन्।
हाजार्डलाई रियलले पछ्याइ रहेको थियो। तर, उनी यो सिजन चेल्सीमै बस्ने बताएका छन्। उनको चेल्सीमा अझै दुई बर्षको सम्झौता बाँकी रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४