बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार मुद्दामा ३ र २ वर्ष हदम्याद राख्न संसदीय समितिमा सहमति जुट्यो

बलात्कार मुद्दामा ३ र २ वर्ष हदम्याद राख्न संसदीय समितिमा सहमति जुट्यो

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बलात्कार मुद्दाको हदम्याद बालिगको हकमा एक वर्ष र नाबालिगको हकमा २ वर्ष बढाउन सहमति जुटेको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं– प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बलात्कार मुद्दाको हदम्याद बालिगको हकमा एक वर्ष र नाबालिगको हकमा २ वर्ष बढाउन सहमति जुटेको छ।

National life

समितिले यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथिको छलफलमा हदम्याद बढाउने सहमति जुटाएको हो। महिला अधिकारकर्मीले भने बलात्कार मुद्दामा हदम्याद नै हटाउनुपर्ने माग गर्दै आएका थिए।

समितिले जुटाएको सहमतिअनुसार अब बलात्कारमा परेका नाबालिगले बालिग भएको (१८ वर्ष पूरा भएको) ३ वर्षपछि अर्थात् २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नु पर्नेछ।

यस्तै बालिगको हकमा भने घटना भएको दुई वर्षभित्र उजुरी गर्नु पर्नेछ। थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष ३ महिनाभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिने भएको छ। उनीहरुको हकमा तीन महिना औषधि उपचार गर्नका लागि समय दिइएको हो।

यसैगरी अपांगता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिने भएको छ।

Shivam cement
समितिको यो प्रस्तावसहितको प्रतिवेदन आज बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुँदैछ। सरकारले ल्याएको विधेयकमाथि एमाले र कांग्रेसका सांसदहरुले हदम्याद खुला गर्नुपर्ने संशोधन हालेका थिए। माओवादीले भने बालबालिकाको हकमा पाँच वर्षको हदम्याद गर्नुपर्ने संशोधन पेस गरेको थियो।

मुलुकी अपराध संहिता २०७४ को दफा २२९ मा एक वर्षे हदम्याद छ।

प्रकाशित: Jul 08, 2022| 13:50 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।