कास्की- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठकमा अवरोध सिर्जना गरेको छ। एमालेले बैठकमा अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बजेटको विषयलाई लिएर एमालेले बैठकमा अवरोध सिर्जना गरेको हो।
असार १ मा सार्वजनिक बजेटमा निर्वाचान पूर्वाधार विकास कार्यक्रम छुटेको तर २० दिनपछि उक्त योजना समावेश भएको भन्दै एमालेले विरोध जनाएको हो।
एमालेका सांसद्हरूले २० दिनअघि छुटेको बजेट २० दिनपछि कसरी ल्याइयो भन्दै अवरोध गरेका हुन्।