काठमाडौं- बागमती प्रदेशसभाको आगामी बैठक असार २९ गते बस्ने भएको छ।
बजेट अधिवेशनका रूपमा रहेको १०औं अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ।
प्रदेशसभा सचिवालयका अनुसार चालु १०औं अधिवेशनको २५औं बैठक आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रदेशसभाको १०औं अधिवेशनको २४औं बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो।
गत जेठ १३ गतेदेखि सुरु भएको १०औं अधिवेशन अन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको थियो।