शुक्रबार, कात्तिक २८, २०८२

मेलम्चीमा मनसुनजन्य विपद्को पूर्वतयारी

बाढी तथा पहिरोको अवस्था, जल तथा मौसम विज्ञान विभागद्वारा मेलम्ची र इन्द्रावती नदी आसपासका क्षेत्रहरुमा सम्भावित जोखिम तथा क्षति न्यूनीकरणका उपायहरु र मनसुनसम्बन्धी मुख्य सवालहरुका विषयमा विज्ञसँगको छलफल कार्यक्रम सम्पन्‍न भएको हो।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

सिन्धुपाल्चोक- प्रत्येक वर्ष प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्यका लागि अन्तरपालिका छलफललाई तीव्र पारिएको छ। बाढी तथा पहिरोको अवस्था, जल तथा मौसम विज्ञान विभागद्वारा मेलम्ची र इन्द्रावती नदी आसपासका क्षेत्रहरुमा सम्भावित जोखिम तथा क्षति न्यूनीकरणका उपायहरु र मनसुनसम्बन्धी मुख्य सवालहरुका विषयमा विज्ञसँगको छलफल कार्यक्रम सम्पन्‍न भएको हो।

National life

जिल्लाका स्थानीय तहहरुले आपत्कालीन पूर्वतयारी योजनाको चार्ट तयार गर्नका साथै पूर्वसूचना प्रणाली र सञ्चार ट्री (संयन्त्र) कार्यान्वयन गरी प्रकोप पूर्वतयारी र जोखिम न्यूनीकरणमा समयमै प्रारम्भिक सूचनाको प्रचारप्रसारको काम गर्नका लागि कार्यक्रम प्रभावकारी भएकोे जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको भनाइ छ।

मनसुन पूर्वानुमानको सूचना स्थानीय तहहरुबाट व्यवस्थित गरी क्षति न्यूनीकरणका लागि पूर्वनिर्धारित प्रक्रिया प्रयोग गरेर प्रारम्भिक कार्य गर्ने उदेश्यले क्षेत्रीय एकीकृत बहुप्रकोप पूर्वसूचना प्रणालीको प्राविधिक सहयोगमा दक्षिण एसियाली क्षेत्रमा अन्तिम माइल सञ्चार सुदृढीकरण परियोजनाअन्र्तगत कार्यक्रम गरिएको हो।

उक्त कार्यक्रममा इन्द्रावती, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाका जनप्रतिनिधिसहित, जल तथा मौसम विज्ञान विभाग, विपद् जोखिम व्यवस्थापन विज्ञ, जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका  विपद् व्यवस्थापन शाखाका प्रतिनिधि तथा सिन्धुपाल्चोकका तीन वटै सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो। 

प्रकाशित: Jul 07, 2022| 23:15 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।