शुक्रबार, साउन १, २०८३

एसिया कप क्रिकेट छनोटका लागि अन्तिम नामावली सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एसिया कप क्रिकेट छनोटका लागि राष्ट्रिय टिमका १५ खेलाडीको अन्तिम नामावली सार्वजनिक गरिएको छ। 

बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये एसिया कप क्रिकेट छनोटका लागि १५ खेलाडीको अन्तिम नामवाली घोषणा गरिएको हो। मलेसियामा हुने एसिया कप छनोटका लागि टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको समितिले शनिबार १५ खेलाडी छनोट गरेका हुन्। 

टोलीमा कप्तान पारस खड्कासँगै, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कार्मी र सुवास खकुरेल परेका छन् । त्यस्तै रिजर्भ खेलाडीमा सुनिल धमाला र सुशन भारी, किशोर महतो र प्रदीप ऐरी परेका छन्।

एसिया कप छनोट अगस्ट अन्तिमबाट शुरु हुनेछ। त्यसअघि तयारीकका लागि नेपाली टोली तीन अभ्यास खेल खेल्न सोमबार श्रीलंका प्रस्थान गर्दै छ । श्रीलंकामा नेपालले आफ्नो पहिलो खेल २२ अगस्टमा श्रीलंका आर्मी क्रिकेट टिमसँग खेल्ने छ भने दोस्रो खेल २४ अगस्टमा ब्लोमफिल्ड क्लबसँग खेल्ने छ । त्यस्तै श्रीलंका भ्रमणको अन्तिम खेल २६ अगस्टमा कोल्ट्स क्लबसँग खेल्ने छ।
 
नेपाली टोली २७ अगस्टमा त्यहीबाट मलेसिया प्रस्थान गर्ने छ। छनोट प्रतियोगितामा नेपालले पहिलो खेल अगष्ट २९ तारिख ओमानसँग खेल्नेछ। त्यस्तै अगष्ट ३० तारिख युएईसँग, सेप्टेम्बर १ तारिख मलेसियासँग, सेप्टेम्बर २ तारिख सिंगापुरसँग र सेप्टेम्बर ४ तारिख हङकङसँग खेल्दैछ। उपाधि विजेता टोली भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ। एसिया कप भदौं ३० गतेबाट असोज १० गतेसम्म युएईंमा हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।