बुधबार, कात्तिक १९, २०८२

खोटाङको रावाबेँसीमा जनप्रतिनिधि मृत फेला

खोटाङको रावाबेँसी गाउँपालिका–३ मा जनप्रतिनिधि मृत फेला परेकी छन्। गाउँपालिकाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी हुन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– खोटाङको रावाबेँसी गाउँपालिका–३ मा जनप्रतिनिधि मृत फेला परेकी छन्। गाउँपालिकाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी हुन्।

Kumaribank

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर ३ को दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज (बिहीबार) बिहान मृत फेला परेकी हुन्।

माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मंगलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए। स्नातक तह उत्तीर्ण गरेकी उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन्। उनी नेपाली कांग्रेस लामीडाँडाको वडा सभापतिसमेत हुन्।

उनका श्रीमान् भने वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेको बताइएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ लगिएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रकाशित: Jul 07, 2022| 16:57 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।