आइतबार, कात्तिक ९, २०८२

एम्बुलेन्स दुर्घटनामा सुत्केरीसहित ३ जना घाइते*

तीनदिन अघि जन्मिएका अनिता खत्रीको शिशुको उपचारको क्रममा मृत्यु भएपछि घर लैजाने क्रममा एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

धनगढी- कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन दिनकी सुत्केरीसहित तीन जना घाइते भएका छन्। बेलौरी नगरपालिका–७, पौलाहमा भएको एम्बुलेन्स दुर्घटनामा उनीहरू घाइते भएका हुन्। 

Kumaribank

दुर्घटनामा परी घाइते हुनेमा बेल्डाँडी गाउँपालिका–४, बैवाहकी २४ वर्षीया अनिता खत्री, २० वर्षीया खत्री र ४५ वर्षीय माघी खत्री छन्।तीनदिन अघि जन्मिएका अनिता खत्रीको शिशुको उपचारको क्रममा मृत्यु भएपछि घर लैजाने क्रममा एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। 

‘तीन दिनअघि शिशु जन्मिएका रहेछन्। निमोनिया भएपछि धनगढी लगिएको रहेछ,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘उपचारको क्रममा शिशुको मृत्यु भएपछि एम्बुलेन्समा राखेर घर ल्याउँदै गर्दा बाटोमा एम्बुलेन्स दुर्घटना भयो। दुर्घटनामा सुत्केरीसहित तीन महिला घाइते भएका हुन्।’

धनगढीबाट बेल्डाँडी गाउँपालिका–४, बैवाहतर्फ गइरहेको जाँदै गरेको म १ च ६३१ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर आज दिउँसो पौहालस्थित रामबहादुर रानाको गोठमा ठोक्किएको थियो। घाइते तीनै जनाको जगदम्बा अस्पताल बेलौरीमा उपचार भइरहेको उनले जानकारी दिए। 

(*यसअघि प्रकाशित समाचार शीर्षक र विवरण फरक पर्न गएकाले पाठकवर्गमा पर्न गएको संशयप्रति क्षमायाचना गर्दै सच्याइएको छ।-सम्पादक) 

Metro Mart

प्रकाशित: Jul 07, 2022| 16:47 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।