सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आत्महत्याको कहालीलाग्दो आँकडा : ११ महिनामा आत्महत्या गर्नेको संख्या ६ हजार नजिक

आत्महत्याको कहालीलाग्दो आँकडा : ११ महिनामा आत्महत्या गर्नेको संख्या ६ हजार नजिक

प्रदेश १ मा सबैभन्दा बढी १ हजार १७४ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीको तथ्यांक।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

National life

काठमाडौं– चालू आर्थिक वर्षमा ५ हजार ९४३ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ। कार्यालयका अनुसार झुन्डिएर सबैभन्दा धेरैले आत्महत्या गरेका हुन्।

२०७८ साउनदेखि २०७९ जेठसम्म ४ हजार ९५० जनाले झुन्डिएर आत्महत्या गरेको एसएसपी विष्णुकुमार केसीले बताए। प्रदेश १ मा सबैभन्दा बढी १ हजार १७४ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। लुम्बिनी प्रदेशमा ९०६ र काठमाडौं उपत्यकामा ३४८ जनाले झुन्डिएरै आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

कार्यालयका अनुसार विष खाएर ८९७ जनाले आत्महत्या गरेका छन्। विष खाएर आत्महत्या गर्नेमा मधेस प्रदेशमा सबैभन्दा बढी अर्थात् १६१ जना छन्। हाम फालेर ३८, आगो लगाएर १३, हातहतियार प्रयोग गरेर १७ र पानीमा हाम फालेर २८ जनाले आत्महत्या गरेको प्रहरीको विवरणमा उल्लेख छ।

प्रकाशित: Jul 07, 2022| 15:14 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।