आइतबार, कात्तिक ९, २०८२

धारिलो हतियारसहित नगरपालिका प्रवेश गरेका तीन जना पक्राउ

कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा धारिलो हतियारसहित प्रवेश गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

धनगढी- कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा धारिलो हतियारसहित प्रवेश गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

Kumaribank

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-२, साँडेपानीका ३६ वर्षीय वीरबहादुर बोहरा, २८ वर्षीय भूपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाईं रहेको प्रहरीले जनाएको छ।

नगरपालिकाको वडा नम्बर २ मा रहेको रिफ्रेस सेन्टर निर्माणको बजेट निकासाको विवाद भइरहेको समयमा उनीहरू नगरपालिकाको कार्यालयभित्र धारिलो हतियारसहित प्रवेश गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले एक जनालाई कार्यालयबाट र दुई जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको बताए। उनीहरूले कर्मचारीलाई धम्की दिएको शाहीले बताए। उनीहरूलाई सार्वजनिक अपराधमा मुद्दा चलाइने उनले बताए।

प्रकाशित: Jul 07, 2022| 11:30 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।