सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा परिणाममुखी बजेट आएको छ : स्वास्थ्य मन्त्री यादव

प्रदेश १ मा परिणाममुखी बजेट आएको छ : स्वास्थ्य मन्त्री यादव

प्रदेश १ स्वास्थ्य तथा जनसंख्या मन्त्री जयनन्द यादवले प्रदेश सरकारले स्वास्थ्यमा परिणाममुखी बजेट विनियोजन गरेको दाबी गरेका छन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- प्रदेश १ स्वास्थ्य तथा जनसंख्या मन्त्री जयनन्द यादवले प्रदेश सरकारले स्वास्थ्यमा परिणाममुखी बजेट विनियोजन गरेको दाबी गरेका छन्।  

National life

प्रदेश १ स्वास्थ्य निर्देशनालय र स्वास्थ्य पत्रकार मञ्च नेपालले विराटनगरमा आयोजना गरेको प्रदेश स्वास्थ्य समीक्षा कार्यक्रममा बोल्दै मन्त्री यादवले बजेट जथाभाबी छर्ने काम नगरेको बताए। ‘आवश्यक ठाउँको लागि बजेट विनियोजन भएको छ,’ उनले भने, ‘परिणाम मुखी बजेट सरकारले ल्याएको छ।’ 

प्रदेश १ सरकारको कुल बजेटको ९ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रलाई छुट्याएको जानकारी दिए। ‘स्वास्थ्यमा झण्डै ४ अर्ब बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यो प्रदेश १ सरकारको कुल बजेटको ९ प्रतिशत हो।’ 

केन्द्रीय सरकारले यस वर्ष ५ दशमलव ५ प्रतिशत मात्र बजेट स्वास्थ्यमा विनियोजन गरेको छ। प्रदेश १ को स्वास्थ्य सेवा सुधार गर्न स्थानीय तहका हरेक वडामा स्वास्थ्य चौकी देखी आवश्यक स्थानमा वर्थिङ्ग सेन्टर स्थापना भइरहेको बताए। उनले सरकारले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवा जनतालाई थाहा नै नभएको र त्यस विषयमा जनचेतना जगाउनुपर्नेमा जोड दिए। 

मन्त्रालयका सचिव डा. अनुज भट्टचनले प्रदेश १ सरकारले जनशक्ति व्यवस्थापनमा चुनौती भोगिरहेको बताए। जनशक्ति व्यवस्थापनको लागि संगठन व्यवस्थापन सर्वेक्षण  गरी अगाडी बढ्ने जानकारी दिए। 

प्रदेश १ स्वास्थ्य नीति, ७ वर्षे रणनीति लगायतका कानुन बनाउने चरणमा रहेको समेत जानकारी दिए। ‘प्रदेश स्वास्थ्य मन्त्रालय नयाँ संरचना हो,’ उनले भने, ‘हामी मन्त्री सचिव नै पहिलो नेतृत्व हो, एन नियम कानुन नै छैनन् त्यसमा काम गरिरहेका छौ।’ 

नीतिगत कामसँगै सेवा प्रवाहको काममा अगाडी बढिरहेको बताए। प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञान बहादुर बस्नेतले प्रदेश सरकारले गरेका काम र बन्ने नीतिगत सुधारका लागि कार्यक्रम आयोजना गरिएको बताए। 

पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले पछिल्लो समय विट पत्रकारिताले व्यावसायिक पत्रकारितालाई जोगाइरहेको बताए। उनले विट पत्रकारितालाई प्रोत्साहन गर्न सरकारले क्षमता अभिवृद्धिमा सहयोग गर्नुपर्नेमा जोड दिए। 

स्वास्थ्य पत्रकार मञ्चका उपाध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारिता प्राविधिक विषय बढी भएको हुँदा हतारको समाचार सम्प्रेषण गर्न नहुने बताए। स्थानीय देखी केन्द्रीय सरकारको प्राथमिकता स्वास्थ्य पर्दै गएको बताए।

प्रकाशित: Jul 07, 2022| 09:55 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।