काठमाडौं- विराटनगर महानगरको मु्ख्य बसपार्कमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
बिहिबार बिहान बसपार्कको यात्रु कक्षमा फलामको फलैचामा सुतिरहेको अवस्थामा अन्दाजी ५५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।
स्थानीयका अनुसार एउटा प्लाष्ट्रिकको झोला लिएर ती ब्यक्ति बुधबार साँझ साढे ८ बजे बसपार्कको यात्रु कक्षमा आएर सुतेका थिए।
मधेशीमुलको जस्तो देखिने भए पनि उनको पहिचान नखुलेको मोरङका प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।