वीरगञ्ज- प्रहरीले बाराबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया रहेका छन्।
बेलुका ६:५० बजेतिरको समयमा सिम्रौनगढ-१ स्थित नम्सगराढाठ पोखरीको डिलमा अनिल, गुड्डुलगायतका केही व्यक्तिले हतियार देखाई धम्की दिइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा १० जनाको टोली खटिएको थियो। टोलीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको शरीर खातलासी गर्दा गुड्डु मुखियाको साथबाट कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।