सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौंमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौंमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार राति काठमाडौंका छुट्टाछुट्टै स्थानमा भएका स्कुटर र मोटरसाइकल दुर्घटना दुई जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- काठमाडौंमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार राति काठमाडौंका छुट्टाछुट्टै स्थानमा भएका स्कुटर र मोटरसाइकल दुर्घटना दुई जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ।

National life

प्रहरी वृत्त स्वयम्भूका अनुसार गएराति २ बजे सानो भर्याङमा बा९५प ९७२३ नम्बरको स्कुटर पल्टिँदा पछाडि सवार चितवनका अनुज लोहनीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेडिकल कलेज सीतापाइलामा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो। 

यस्तै, काठमाडौंको शङ्खरापुर नगरपालिका ९ खुलालटारमा गएराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। 

बा५८प ६५५० नम्बरको मोटरसाइकल पल्टिँदा स्थानीय ४५ वर्षका दीपक केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 07, 2022| 09:00 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।