सोमबार, जेठ ४, २०८३

म्याग्दीको उपल्लाचौरमा सिँचाइ नहर पुनःनिर्माण

पहिरोले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर निर्माण गरिएको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

म्याग्दी- पहिरो र सडकले क्षति पुर्‍याएको म्याग्दीको बेनी नगरपालिका-१ उपल्लाचौरको सिँचाइ आयोजनाको नहर पुनःनिर्माण गरिएको छ।

National life

पहिरोले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर निर्माण गरिएको छ। उपल्लाचौर जलउपभोक्ता समितिका अनुसार उक्त नहर २००४ सालमा निर्माण गरिएको हो। समितिका अध्यक्ष चन्द्रविर थापाले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा नहर पुनःनिर्माण गरिएको जानकारी दिए। 

‘मुहान नजिकै पहिराले भासिएको र उपल्लाचौरमा रत्नेचौर–अर्जम–भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो’, उनले भने, ‘भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर निर्माण गरेपछि मुहानबाट पठाएको जति सबै पानी खेतमा आइपुग्ने भएको छ।’

नहर भासिने र पुरिने गरेपछि मुहानबाट पठाएको आधाभन्दा कम मात्र पानी खेतमा आइपुग्दथ्यो। हिउँद र सुख्खा याममा सिँचाइ अभावमा बाली लगाउन समस्या भएको थियो। बर्खामा पनि किसानले धान रोप्न पालो लगाउने गरेका थिए।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर अञ्जन खत्रीका अनुसार २००४ सालको सिँचाइ आयोजनाका लागि चालु आर्थिक वर्षमा २५ लाख बिनियोजन गरिएको थियो। सो बजेटबाट १२५ एमएम क्षमताको एक हजार ११६ मिटर पाइप र २३५ मिटर नहर पुनःनिर्माण गरिएको हो।

बागलुङको सिमानामा रहेको ठूलोखोलाको मुहानमा इन्टेक र त्यसलाई संरक्षण गर्न मेसिनरी पर्खाल निर्माण भएको छ। मुहानतर्फ ७२ मिटर र उपल्लाचौर नजिकै सडकले क्षति गरेको ठाउँमा १६३ मिटर नहर पुनःनिर्माण भएको छ।

यसबाट उपल्लाचौरको करिब ४०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ भने एक सय ५० घरधुरी लाभान्वित भएका छन्। आगामी आवमा थप ५०० मिटर नहर निर्माण गरेपछि आयोजना पुनःनिर्माण सम्पन्न हुने अध्यक्ष थापाले बताए। -रासस

प्रकाशित: Jul 07, 2022| 09:10 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।