शनिबार, मंसिर ६, २०८२

क्यानडासँग नेपाल ८३ रनले पराजित

बुधबार राति भएको अभ्यास खेलमा नेपाल ८३ रनले पराजित भएको हो। १८९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १०५ रनमा अलआउट भएको हो।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- खराब ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानडाविरुद्धको एक दिवसीय खेलमा नेपाल पराजित भएको छ।

National life

बुधबार राति भएको अभ्यास खेलमा नेपाल ८३ रनले पराजित भएको हो। १८९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १०५ रनमा अलआउट भएको हो।

नेपालका लागि देव खनालले सर्वाधिक २६ रन बनाएका थिए। क्यानडाका पाँच बलरले समान २/२ विकेट लिएका थिए। 

यसअघि ब्याटिङ गरेको क्यानडाले श्रेयस मोभाको अविजिति अर्धशतकीय पालीमा १८८ रन बनाएको थियो। उसका लागि आरोन जोन्सनले ४४ रन बनाएका थिए। नेपालका लागि सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने किशोर महतो, करण केसी, आदिल अन्सारी र बसिर अहमदले १/१ विकेट हात पारे। 

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिजको तयारीको लागि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको हो। 

Laxmi sunrise bank
kumari

विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ। स्कटल्याण्डमा हुने श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ।

नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ। यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ। नेपालले तेस्रो खेलमा नामिबियाबिरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्नेछ।

प्रकाशित: Jul 07, 2022| 08:30 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।