मंगलबार, साउन १९, २०८३

दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

दाङ- दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्ति नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

चाँडै घोराही उपमहानगरपालिका र बबई गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको उनले जानकारी दिए। 

चौध प्रकारका रोगकाविरुद्ध लड्न सात प्रकारका खोप बालबालिकालाई दिइने गरिन्छ। पालिकाभित्रका सम्पूर्ण बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ। अहिले बबईबाहेक नौ पालिकामा खोप भण्डार केन्द्र सञ्चालनमा छ।  

तुलसीपुर सुनिश्चित घोषणा 

तुलसीपुर उपमहानगरपालिकालाई बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलका अनुसार पालिकालाई २०७४ सालमै पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको थियो भने अहिले बालिबालिकालाई लगाइने सम्पूर्ण खोपको सुनिश्चितता भएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। 

जिल्ला खोप समन्वय समितिले तथ्यगत विवरण प्रमाणीकरण गरेसँगै तुलसीपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो।

प्रकाशित: Jul 07, 2022| 07:40 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।