शुक्रबार, कात्तिक २८, २०८२

बागमतीमा मन्त्री मण्डल विस्तार गरिँदै, दुई मन्त्री थपिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तारको तयारी गरेका छन्। मुख्यमन्त्रीलाई नै फेर्ने रस्साकस्सी सेलाउँदै गएसँगै पाण्डेले मन्त्री मण्डल विस्तारको तयारी गरेका हुन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तारको तयारी गरेका छन्। मुख्यमन्त्रीलाई नै फेर्ने रस्साकस्सी सेलाउँदै गएसँगै पाण्डेले मन्त्री मण्डल विस्तारको तयारी गरेका हुन्।

National life

भागबण्डाकै लागि उनले मन्त्रालय फुटाएको व्यापक आरोप खेप्दै आएका थिए। यहीबीच पुन: मुख्यमन्त्री पाण्डेले दुई मन्त्री थप्ने तयारी गरेका हुन्।

स्रोतका अनुसार पाण्डेले आगामी साता मन्त्रिमण्डलमा दुई जना राज्यमन्त्री थप्ने छन्। मकवानपुर र सिन्धुलीबाट दुई जनालाई राज्यमन्त्री नियुक्त गर्ने आन्तरिक तयारीमा उनी छन्। दुबै जना राज्यमन्त्री नेकपा एकीकृत समाजवादीबाट थपिने बताइएको छ। उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन।

सत्ता गठबन्धनको भागबण्डामा ६/६ महिना मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। सोही अनुरुप मुख्यमन्त्री पाण्डे सत्ता छोड्नुपर्ने दबाबमा थिए। तर, मुख्यमन्त्री छोड्नुपर्ने भए गठबन्धनको केन्द्रीय दलहरूको निर्णय र आफ्नो पार्टीको केन्द्रीय नेतृत्वबाटै निर्देशन आउनु पर्ने अडान उनी थिए।

गत ११ कात्तिकमा मुख्यमन्त्री हुँदा बागमतीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्रुने लिखित सहमति भएको थियो। 

Laxmi sunrise bank
kumari

६ महिना बित्दा सरकार फेर्ने कुरा गर्दा नीति तथा कार्यक्रम र बजेट ल्याउन समय माग भएको थियो। सोही अनुसार नेपाली कांग्रेसले समय दिएको थियो। 

पछि सहमति अनुसार राजीनामा दिनुपर्ने भए पनि पाण्डेले केन्द्रको निर्देशन चाहिने अडान लिएपछि माहोल फेरिएको छ।

बागमतीको सरकारमा हेरफेर गर्दा अन्यत्र पनि हेरफेर गर्नु पर्ने नत्र गठबन्धनमा धक्क पुग्ने निष्कर्षसहित अहिले पाण्डे नेतृत्वको सरकारलाई नै यथावत राख्ने गठबन्धनमा आवद्ध केन्द्रका नेताहरूको निष्कर्श रहेको बताइएको छ।

प्रकाशित: Jul 07, 2022| 06:40 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।