बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नाइजेरियाको राजधानीमा जेलमा सशस्त्र आक्रमण, कम्तीमा ३०० कैदी भागे

नाइजेरियाको राजधानीमा जेलमा सशस्त्र आक्रमण, कम्तीमा ३०० कैदी भागे

नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले मङ्गलबार गरेको आक्रमणमा एक कैदीको मृत्यु भएको छ भने कम्तीमा ३०० कैदी फरार भएका एक वरिष्ठ सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

नाइजेरिया- नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले मङ्गलबार गरेको आक्रमणमा एक कैदीको मृत्यु भएको छ भने कम्तीमा ३०० कैदी फरार भएका एक वरिष्ठ सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका छन्।

घटनामा अन्य तीन जना घाइते भएका पनि बताइएको छ। आक्रमणकारीहरूले मंगलबार राति अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको सुधार गृहमा आक्रमण गरेका थिए। उनीहरूले करिब ६०० जना कैदीबन्दीलाई छुटाएपनि अहिलेसम्म भाग्ने कैदीबन्दीको आधा संख्यालाई पुनः सुरक्षा नियन्त्रणमा लिइएको यहाँका आन्तरिकमामिला मन्त्रालयका स्थायी सचिव शुइबु बेगोरले बताए।

बेगोरले बुधबार सञ्चारकर्मीहरूसँग बताएअनुसार कट्टरपन्थी समूह बोको हरामका लडाकू दस्ताले आक्रमण गरेको आशंका गरिएको छ।  उहाँका अनुसार केही बोको हराम सदस्य र पुर्पक्षका लागि खडा भएका वा पहिल्यै दोषी ठहरिएका उच्च–प्रोफाइलका सरकारी अधिकारीसहित ९९४ कैदीहरू उक्त सुधार गृहमा रहेका थिए। 

'हामीले बुझेका छौं कि तिनीहरू बोको हराम आतङ्कवादी हुन् र विशेष गरी तिनीहरूले कैँदी भगाउने उद्देश्यले नै त्यहाँ आक्रमण गरेका थिए।' 

एक वक्तव्यमा नाइजेरिया सुधार सेवा (एनसीएस) का राष्ट्रिय प्रवक्ता अबुबकर उमरले उक्त आक्रमणलाई सुरक्षा निकायहरुले सफलतापूर्वक विफल पारेको बताए।

kumari

प्रकाशित: Jul 06, 2022| 23:45 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।