आइतबार, वैशाख १३, २०८३

अफगानिस्तानमा अज्ञात रोगका कारण ५० बालबालिका बिरामी

अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ। अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन्। देशको दक्षिणी क्षेत्रमा पर्ने जाबुल प्रान्तमा रोग फैलिएको हो। रोगको लक्षण हैजाको जस्तो देखिएपनि केही फरक भएको बताइएको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

National life
kumari

काबुल- अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ। अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन्। देशको दक्षिणी क्षेत्रमा पर्ने जाबुल प्रान्तमा रोग फैलिएको हो। रोगको लक्षण हैजाको जस्तो देखिएपनि केही फरक भएको बताइएको छ।   

जाबुलको तालिवान सरकारको स्वास्थ्य प्रमुख अब्दुल हाकिम हाकिमीले घटनास्थलमा स्वास्थ्य टोली पठाइ सकिएको जानकारी दिएका छन्। उनका अनुसार टोलीले बिरामीहरूको उपचार गर्नुका साथै रोगका बारेमा समेत अनुसन्धान गरी प्रतिवेदन दिनेछ। 

त्यही प्रदेशमा यसअघि हैजा पनि फैलिएको थियो। प्रारम्भिक विवरण अनुसार अहिले फैलिएको रोग हैजा भन्दा फरक देखिएकाले थप चिन्तित गराएको छ। 

प्रकाशित: Jul 07, 2022| 05:00 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।