बिहीबार, फागुन २१, २०८२

इन्धन समस्यामा सहयोग गर्न रुसलाई श्रीलंकाको आग्रह

श्रीलंकाका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

कोलोम्बो- युक्रेनसँगको युद्धमा रहेको रुसलाई श्रीलंकाले आफ्नो मुलुकमा देखिएको आर्थिक संकट समाधान गर्नका लागि आग्रह गरेको छ।  श्रीलंकाका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन्।

राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता निकै उपलब्धिमुलक भएको बताए। उक्त अवसरमा राजपाक्षले विगतका चुनौतीहरूको सामना गर्न रूसी सरकारले गरेको समर्थनको लागि नेता पुटिनप्रति आभार प्रकट गरेका छन्। 

राजपाक्षले भने, 'अहिलेको आर्थिक चुनौतीलाई पराजित गर्न श्रीलंकालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव माग गरिएको छ।' उनले रूसी समकक्षी पुटिनसँग रूसी विमान कम्पनी ‘एरोफ्लट’ को सेवा श्रीलंकामा पुनः आरम्भ गर्न अनुरोध पनि गर्नुभएको उहाँको कार्यालयले जनाएको छ।

उनले भने, 'पर्यटन, व्यापार र संस्कृतिजस्ता क्षेत्रमा साझेदारी गरी द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्नु हाम्रा दुई राष्ट्रहरूका लागि  सबैभन्दा महत्वपूर्ण छ भन्नेमा हामी सबै सहमत छौँ।'

इन्धन अभावको सामना गर्दै आएको श्रीलंकाका राजनीतिक दल तथा उनीहरूका नेताले राष्ट्रपति राजपाक्षलाई रूससँग कच्चा तेलको लागि अनुरोध गर्न आग्रह गरेपछि राष्ट्रपति र रूसी नेताबीच फोनवार्ता भएको हो। 

kumari

प्रकाशित: Jul 07, 2022| 05:30 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।