मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न पहल

सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न पहल

भक्तपुर दरबारस्क्‍वायरमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला सङ्ग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल थालिएको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

भक्तपुर- भक्तपुर दरबारस्क्‍वायरमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला सङ्ग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल थालिएको छ। 

National life

विसं २०७२ को भूकम्पले क्षतिग्रष्ट उक्त भवन कुन शैलीमा पुनःनिर्माण गर्ने भन्ने विवादका कारण हालसम्म पुनःनिर्माण हुन सकेको छैन। पुरातत्व विभाग हालकै शैलीमा पुनःनिर्माण गर्न चाहन्छ भने भक्तपुर नगरपालिका यसको ऐतिहासिक प्रमाणका आधारमा मल्लकालीन शैलीमा पुनःनिर्माण हुनुपर्ने अडानमा छ। 

यसै सन्दर्भमा भक्तपुर नगरपालिकाले पुरातत्व विभागलाई लिखितरुपमै प्राप्त पुराना प्रमाणको आधारमा मल्लकालीन शैलीमा सिंहध्वाखा दरबार पुनःनिर्माण गर्न अनुरोध गरेको छ।

नगरप्रमुख सुनिल प्रजापतिले बुधवार पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलाई भेट गरी विश्व सम्पदा सूचीमा सूचीकृत पचपन्न झ्याल दरबारसँगै जोडिएको सिंहध्वाखा दरबारको मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न लिखित आग्रह गरेका हुन्। 

उनले उक्त दरबारको पुनःनिर्माण हालसम्म पनि अगाडि नबढ्दा भक्तपुर दरबार क्षेत्र नै अशोभनीय र जोखिमपूर्ण देखिएको हुँदा उक्त दरबार पुनःनिर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाउन आवश्यक भएको बताए।

महानिर्देशक दामोदर गौतमले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा नै पुनःनिर्माण गर्न ‘युनेस्को’ प्रधान कार्यालय पेरिसबाट हालसम्म अनुमति प्राप्त नहुँदा उक्त पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको बताएका छन्। उनले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन भक्तपुर नगरपालिका, पुरातत्व विभाग र युनेस्कोबीच थप छलफलको आवश्यकता रहेको औँल्याए।

सोही अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपा वडा नं ७ बाट चोरी भएको वीरभद्रेश्वर मन्दिरभित्रको पार्वतीको मूर्ति शीघ्र यथास्थानमा स्थापना गर्न फिर्ता पठाउन पनि आग्रह गरे। भक्तपुर नपाले यसअघि नै उक्त मूर्ति फिर्ता गर्न पत्र पठाई पहल गरेको थियो। 

प्रकाशित: Jul 06, 2022| 23:15 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।