मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मदनदासलाई हटाएर विभूषण समितिमा ल्याइए शम्भुजित, यी हुन् मन्त्रिपरिषद्का निर्णय

मदनदासलाई हटाएर विभूषण समितिमा ल्याइए शम्भुजित, यी हुन् मन्त्रिपरिषद्का निर्णय

सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजित बास्कोटालाई नियुक्ति गरेको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजित बास्कोटालाई नियुक्ति गरेको छ। अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट श्रेष्ठलाई हटाएर बास्कोटालाई ल्याउने निर्णय गरेको हो। 

National life

बुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय बाल परिषद्को कार्यकारी निर्देशक पद हालको बालबालिका सम्बन्धी नियमावली २०७८ मा नभएकाले वर्तमान कार्यकारी निर्देशक मिलनराज धरेललाई पदमुक्त गरेको जानकारी दिएका छन्। परिषद्को उपाध्यक्षसहित तीन जना सदस्य र सदस्यसचिव नियुक्त गरिएको छ। 

सरकारका प्रवक्ता कार्कीले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडीआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए। त्यस्तै, नेपाल प्रहरीको क्षमता विकास सहितको साइबर युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान साहयता स्वीकार गरेको छ। 

हरित ग्यास उत्सर्जन न्यनिकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ ऊर्जा प्रवर्द्धनको लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान साहयता स्वीकार सरकारका प्रवक्ता कार्कीले जानकारी दिए। उनले हरित तथा नविकरणीय ऊर्जाका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४.५ मिलियन बराबरको आर्थिक प्राविधिक साहयता स्वीकार गर्ने निर्णय पनि गरेको पनि उनले जानकारी दिए। 

त्यस्तै, सरकारले पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजनाका लागि एशियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान साहयता सम्बन्धि दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। सरकारले २०७९ असार २४ देखि २६ गतेसम्म भारतको नयाँदिल्लीमा 'रि फाइडिङ द फ्युचर' कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ। उनले संयुक्त राष्ट्र संघको आयोजनामा २०७९ असार २१ गतेदेखि २३ तथा २७ देखि ३१ गतेसम्म आयोजना हुने इको सोक हाइलेभल फोरम र २९ देखि ३१ सम्म आयोजना हुने मिनिटेरियल सेग्मेण्टमा सहभागी हुन पनि स्वीकृत पाएका छन्। 

बैठकले सशस्त्र प्रहरी दास्रो संशोधन नियमावली २०७९ स्वीकृत गरेको छ। सरकारले प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिस्ट्रेसन दिवस मनाउनका लागि स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। २३ जिल्लाका २ लाख २३ हजार ३३० गरिबी परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा दिइयो। 

बागमती प्रदेश ट्राफिक प्रहरीले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरस्थित शतनचुली सामुदायिक वनको कुल जम्मा ०.६ प्रतिशत ४६ हेक्डर वन क्षेत्र प्रयोग गर्न स्वीकृति पाएको छ। कर्णाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १२ सिन्चुस्थित राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। 

यस्तै भाषा आयोगको पदमा डा. अमरराज गिरी,प्राध्यापक डा. कृष्णप्रसाद न्यौपाने,मातृकाप्रसाद पोखरेल,गोपालप्रसाद सराफ र अमृतयोञ्जन तामाङलाई नियुक्त भएका छन्। विभिन्न स्थानीय तहलाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृत पनि दिइएको छ। 

यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा श्री रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा श्री गोर्कणप्रसाद सिटौलालाई नियुक्त गर्ने निर्णय समेत भएको छ। नेपाल प्रशासन सेवा सामुहीकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्तपदमा सहसचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गर्ने निर्णय भएको उनले जानकारी दिए। नेपाल कृषि तथा वन सेवा सामुहीकरण तर्फको राजपत्राङकृत विशिष्ट श्रेणीको रिक्तपदमा डा. दिपककुमार खराल बढुवा भएका छन्। नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा प्रमुख कन्सल्टट्यान्ट अफटेटीसियन गाइनोकोलोजिस्ट डा संगीता कौशल मिश्रलाई बढुवा भएकी छन्।

बैठकले हेजिङ नियमावली २०७८ स्वीकृत गरेको छ। वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापना निर्देशिक २०७९ स्वीकृत गर्ने’ निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए। 

प्रकाशित: Jul 06, 2022| 20:03 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।