मंगलबार, जेठ ५, २०८३

दमौलीको भोर्लेटार चोकमा घुम्ती शौचालय

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका कार्यालयले पहिलोपटक दमौलीको भोर्लेटार चोकमा सार्वजनिक घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ। महिलाका लागि दुई र पुरुषका लागि दुई गरी चारवटा प्यानसहितको घुम्ती शौचालय सञ्चालमा ल्याएपछि सर्वसाधारणलाई सहज भएको छ। उक्त शौचालयमा वासवेसन, ऐना, साबुनलगायतकोसुविधा राखिएको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका कार्यालयले पहिलोपटक दमौलीको भोर्लेटार चोकमा सार्वजनिक घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ। महिलाका लागि दुई र पुरुषका लागि दुई गरी चारवटा प्यानसहितको घुम्ती शौचालय सञ्चालमा ल्याएपछि सर्वसाधारणलाई सहज भएको छ। उक्त शौचालयमा वासवेसन, ऐना, साबुनलगायतकोसुविधा राखिएको छ।

National life

सदरमुकाम दमौलीको व्यस्त बजार क्षेत्र भोर्लेटार चोकमा राखेपछि सर्वसाधारणले राहतको महसुस गरेको व्यास नगरपालिकाका सूचना अधिकारी एवं आलेप नोडल अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिए। नाफा कमाउनुभन्दा पनि सेवा दिने उद्देश्यले सार्वजनिक शौचालय सञ्चालन गरिएको हो।

दमौलीमा आमसभा, जुलुस, मेला महोत्सवलगायतका कार्यक्रम हुँदाको समयलाई समेत मध्यनजर गरी सेवा प्रवाह गरिने व्यास नगरपालिका वन वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले जानकारी दिए।

उक्त चोकबाट लमजुङ जिल्ला जाने आउने, जिल्लाको दक्षिणपूर्वी बुद्धसिं मार्ग हुVदै सवारी आवतजावत हुँदा मानिसको बाक्लो चहलपहल हुने भएकाले उक्त क्षेत्रलाई केन्द्रित गरिएको हो। त्यस क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेकाले घुम्ती शौचालय राखिएपछि यत्रतत्र आउने जाने सर्वसाधारणलाई सहज भएको छ। 

उक्त शौचालय रु चार लाख ९८ हजारको लागतमा खरिद गरी ल्याइएको हो। घुम्ती सेवा भएकाले आवश्यकतानुरूप आवश्यक स्थानमा लैजान सकिनेछ। विशेषगरी दमौली बजार क्षेत्रलाई प्राथमिकता दिएर घुम्ती शौचालयको अवधारणा ल्याइएको नगरपालिका कार्यालयले जनाएको छ। 

बजार क्षेत्रमा जथाभावी हुने फोहोरमैलालाई व्यवस्थित गरी वातावरण स्वच्छ राख्नका लागि नगरपालिका कार्यालयले घुम्ती शौचालय सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए।


प्रकाशित: Jul 06, 2022| 22:50 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।