आइतबार, कात्तिक ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • तुइन चुँडिएपछि भारतबाट फर्किरहेका नेपाली युवक महाकालीमा बेपत्ता

तुइन चुँडिएपछि भारतबाट फर्किरहेका नेपाली युवक महाकालीमा बेपत्ता

तुइन चुँडिएपछि भारतबाट दार्चुला फर्किरहेका एक युवक बेपत्ता भएका छन्। ब्याँस गाउँपालिका-२ दुम्लिङस्थित गोठालघाटको तुइन तरिरहेका युब तुइनको लठ्ठा चुँडिएपछि महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९
Kumaribank
Metro Mart

दार्चुला- तुइन चुँडिएपछि भारतबाट दार्चुला फर्किरहेका एक युवक बेपत्ता भएका छन्। ब्याँस गाउँपालिका-२ दुम्लिङस्थित गोठालघाटको तुइन तरिरहेका युब तुइनको लठ्ठा चुँडिएपछि महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्। 

बेपत्ता हुनेमा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार तुइन टुट्दा उनी बेपत्ता भएका हुन्। सुरक्षाकर्मीले उनको खोजी गरिरहेको छ।

गत वर्षको साउन १५ मा सोही ठाउँमा तुइन तरेर भारत जाने क्रममा खसेर जयसिंह धामी पनि बेपत्ता भएका थिए। भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा उनी नदीमा बेपत्ता भएको आरोप लगाएका थिए। यद्यपि नेपाल र भारतका सरकारले यो विषयलाई नकार्दै आएका छन्। 

प्रकाशित: Jul 06, 2022| 19:24 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।