शनिबार, असोज १३, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • ९ प्रशिक्षार्थी प्रहरीलाई 'हिट स्ट्रोक', भेन्टिलेटर र आईसीयूमा एक-एक जना

९ प्रशिक्षार्थी प्रहरीलाई 'हिट स्ट्रोक', भेन्टिलेटर र आईसीयूमा एक-एक जना

तीमध्ये ६ जना उपचार भएर फर्किएका छन्। एक जनाको भेन्टिलेटर, एक जनाको आईसियूमा राखेर र एक जनाको सामान्य बेडमा राखेर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
 |  बुधबार, असार २२, २०७९
averest bankaverest bank

भीम चौधरी

भीम चौधरी

बुधबार, असार २२, २०७९

धनगढी- अत्यधिक गर्मीका कारण ९ जना प्रशिक्षार्थी प्रहरी जवान बिरामी परेका छन्। अत्यधिक गर्मीका कारण ‘हिट स्ट्रोक’ भएर बिरामी भएका हुन्। तीमध्ये ६ जना उपचार भएर फर्किएका छन्। एक जनाको भेन्टिलेटर, एक जनाको आईसियूमा राखेर र एक जनाको सामान्य बेडमा राखेर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

sagarmatha cement

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ती मध्ये दुई जनाको आइसीयूमा राखेर उपचार भइरहेको छ। 

उनका अनुसार बेहोस हुनेमा सरोज चौधरी, प्रसान्त रावत, दिनेश सुनार, सन्तोष नेपाली, हरि बिक, अर्जुन थारु, भरत बिष्ट, हरिनारायण राना र ताराप्रशाद पुलामी मगर रहेका छन्। सरोज चौधरीलाई भेन्टिलेटर र प्रशान्त रावतलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

भदौ महिनामा भर्ना भएका ९८ जना प्रहरी जवानको सुदूरपश्चिम प्रदेश प्रहरी गणमा तालिम चलिरहेको छ। शारीरिक व्यायामअन्तर्गत १० किलोमिटर दौड हुने क्रममा ९ जना बेहोस भएको तालिम प्रशिक्षक प्रमुख बोधराज ओझाले बताए। 

उनले भने, 'सात जना उपचारपछि फर्किएका छन्। अहिले धनगढीमा अधिकतम तापक्रम ३६ दशमलव ८ डिग्री रहेको छ। पानी नपरेका कारण धनगढीमा अत्यधिक गर्मी रहेको छ।'


प्रकाशित: Jul 06, 2022| 19:19 बुधबार, असार २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।