काठमाडौं– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा आउँदो मंसिर २ मा गर्न सरकारलाई सिफारिस गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा एकै दिन निर्वाचन गर्न प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरेको हो।
टोलीलाई प्रधानमन्त्री देउवाले आयोगले सिफारिस गरेअनुसार तोकिएको मितिमै निर्वाचन गर्न सरकार तयारी रहेको बताए।