मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्युजिल्याण्ड पठाइदिन्छु भन्दै नौ जनालाई ठगी गर्ने महिला पक्राउ

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै नौ जनालाई ठगी गर्ने महिला पक्राउ

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-७ घर भई बुढानीलकण्ठ नगरपालिका ३ बस्ने २७ वर्षीया दिया भन्ने शोभा पौडेल पक्राउ परेकी हुन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- नौ जना युवालाई न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ६३ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

National life

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-७ घर भई बुढानीलकण्ठ नगरपालिका ३ बस्ने २७ वर्षीया दिया भन्ने शोभा पौडेल पक्राउ परेकी हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा कार्यालयको टोलीले पक्राउ गरेको हो। उनले काठमाडौंको तिनकुने बस्ने नारायण बोगटीसहित नौ जनालाई ठगी गरेको पाइएको छ।

उनले सिन्धुलीको दुधौली १ का नारायण बोगटीलगायत नौ जनाबाट ६३ लाख २० हजार रुपैयाँ लिएको तर न्युजिल्याण्ड नपठाएको महाशाखाले जनाएको छ। ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभागमा पुगेपछि विभागले शोभालाई पक्राउ गरिदिन महाशाखामा पठाएको थियो। 

मंगलबार साँझ उनलाई कपनको निलो पुलबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ। प्रहरीले पक्राउ परेकी पौडेललाई वैदेशिक रोजगार विभागमा बुझाएको छ।

प्रकाशित: Jul 06, 2022| 13:39 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।