मंगलबार, जेठ ५, २०८३

विराटनगर महानगरपालिकामा 'बालश्रममुक्त घर' अभियान

अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख पनि राखिने बताइएको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

विराटनगर- विराटनगर महानगरपालिकाले बुधवारदेखि महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन गरेको छ। अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख पनि राखिने बताइएको छ।   

National life

विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको घरबाट शुरू भएको अभियान पहिलो चरणमा सोही वडा र त्यसपछि अन्य वडामा पनि अभियान विस्तार हुने बताइएको छ।

अभियानमा लाग्ने २८ सर्वेक्षकलाई तालिम पनि दिएको महानगर सामाजिक महाशाखाले जनाएको छ। सर्वेक्षकले १५ वर्षमुनिका बालबालिको अवस्था पत्ता लगाउने र १२ वर्षमुनिका बालबालिका विद्यालय जान्छन कि जाँदैनन् पत्ता लगाउने रहेकोे छ।

अभियानको शुभारम्भ गर्दै महानगर प्रमुख नागेश कोइरालाले विगत १३ वर्षअघि बालमैत्री नगर घोषणा भएको महानगरले थालेको यस किसिमको कार्यबाट नागरिकमा सचेतना आउने र आफ्ना बालबालिकालाई पठनपाठनमा लगाउने चेतना वृद्धि हुने विश्वास व्यक्त गरे।

सो अवसरमा महानगरका उपप्रमुख शिल्पा निराला कार्की र वडाध्यक्ष न्यौपाने पनि अभियानका विषयमा बोलेका थिए।  -रासस

प्रकाशित: Jul 06, 2022| 14:50 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।