मंगलबार, जेठ ५, २०८३

खेत बगरमा परिणत भएपछि ...

बागलुङ नगरपालिका–९ तित्याङमा धान रोपेको खेत बाढीले बगर बनाएको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

गलकोट- मानो रोपेर मुरी उब्जाउने समयमा बाढीले भर्खर धान रोपेको खेत पुरेको छ। बागलुङमा अविरल वर्षाका कारण ठूलो मात्रामा भौतिक क्षति पुगेको छ।

National life

बागलुङ नगरपालिका–९ तित्याङमा धान रोपेको खेत बाढीले बगर बनाएको छ। 

तित्याङस्थित ठेउरे खोला थुनिएर इकिमको फाँटमा पुग्दा १५० रोपनीभन्दा बढी खेतमा लगाएको धानबाली पुरेको छ। किसानले यही असारमा लगाएको धानबाली पुरेर खेत बगरमा परिणत भएको किसान शंकर पाण्डेयले जानकारी दिए। उनका अनुसार १०० जनाभन्दा बढी किसानको खेत बाढीले पुरेको छ।

भर्खर रोपेको धानबालीसहित खेत पुरेपछि यहाँका किसान निराश बनेका छन्। ‘खेत पुरेको मात्रै छैन, सानासाना खेतका गरा भत्काएको छ, तत्कालै खेत चिनेर बाढी पन्छाउन सम्भव देखिँदैन,’ उनले भने, ‘भिरालो जमिनमा खेत रहेकाले मशिनको प्रयोग गर्न समेत समस्या हुन्छ।’

प्रकाशित: Jul 06, 2022| 14:10 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।