मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चट्याङले विद्युतगृहमा क्षति हुँदा ३७६ घरधुरीमा बिजुली बन्द

चट्याङले विद्युतगृहमा क्षति हुँदा ३७६ घरधुरीमा बिजुली बन्द

सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युगृहमा क्षति पुर्याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

म्याग्दी- पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युतगृहमा चट्याङले ठूलो क्षति पुर्यायाएको छ। 

National life

सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युगृहमा क्षति पुर्याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए। 

चट्याङले रु ४ लाख ५५ हजार बराबरको क्षति भएको छ। जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा बन्द भएको छ। तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्।

बगरफाँटमा बाढी पहिराको त्रास

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ बाढी र पहिराको उच्च जोखिममा परेको छ। माथिबाट पहिरो खस्ने र नदीले तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो।

विसं २०५७ देखि म्याग्दी नदीले बगरफाँटमा कटान गरिरहेको छ। बगरफाँटमा २१४ परिवारको बसोबास छ। म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबियन जाली भर्ने गरिए पनि दिगो हुनसकेको छैन। बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले बगाएको छ।    -रासस

प्रकाशित: Jul 06, 2022| 13:50 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।