मंगलबार, जेठ ५, २०८३

लमजुङको बेँसीसहर-चामे सडक एक साता बन्द हुने

उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका-४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

लमजुङ- बेँसीसहर-चामे सडक एक हप्ता बन्द हुने भएको छ। उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका-४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो।

National life

सडक ढलान तथा स्तरोन्नतिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए। संघीय सरकारको ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ। 

विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो। नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो। सेनाको कार्यगणले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो।

पैसठ्ठी किलोमिटर दूरीको बेँसीसहर-चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ।

बर्खायाममा उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ। गत वर्ष बाढीपहिराले एक महिनासम्म सडक अवरुद्ध भएको थियो। मनाङवासी हेलिकोप्टरको सहारामा बेँसीसहर हुँदै आ-आफ्नो गन्तव्यमा जाने गरेका थिए। 

प्रकाशित: Jul 06, 2022| 10:27 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।